धनकुटामा १७ प्रतिशत खेतमा धान रोपाई
धनकुटा,२३ असार । धनकुटामा असारको तेस्रो साता सम्म १७ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म १७ प्रतिशत अर्थात ८ सय ३९ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने बाध्यता रहेको र वर्षा समेत प्राप्त नभएकोले किसान लाई समस्या भई रहेको र धान रोपाइको प्रतिशत समेत उल्लेख्य रुपमा बढ्न नसकेको ज्ञानकेन्द्रले जनाएको छ ।


