धनकुटाको पाख्रिबासमा लडेर एक जनाको मृत्यु
धनकुटा,२४ असार । धनकुटामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुमेमा जिल्लाको पाख्रिबास नगरपालिका ६ का ३२ बर्षिया दिपक रोक्का रहेका छन् ।
गत असार २२ गते घरबाट धान खेतमा काम गर्न गएका रोक्का घर नफर्किई सम्पर्कविहीन भएपछि खोजतलासको क्रममा आज बिहान करिब ९ बजे पाख्रिबास नपा ८ घामे स्थित बाटोमा हिड्ने क्रममा पाखाबाट करिब १० मिटर तल बाटोबाट लडी टाउकोमा चोट लागेर गम्भिर अवस्थामा फेला परेको थियो ।
तत्काल उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया तथा अनसन्धान गरिरहेको प्रवक्ता खनालले बताए ।


