रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

काठमाडौं, २५ असार । गृहमन्त्री रमेश लेखकले रसुवागढी बाढीको क्षतिका बारेमा जानकारी दिएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा जानकारी गराएका हुन ।

‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको छ,’ उनले संसदमा भने ।

 

उनका अनुसार रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको परेको पनि जानकारी दिए । जसअनुसार नुवाकोटस्थित विदुरमा त्रिशूली नदीमा दायाँ खुट्टा नभएको पुरुष र वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको उनले जनाए ।

भरतपुर, चितवनमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको जनाउँदै उनले भने,  ‘मितेरी पुल बगाएकाले आवतजावत पूर्ण रुपमा बन्द भएको छ, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ’, मन्त्री लेखकले संसदमा भने, ‘सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सार २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको छ ।’ उनका अनुसार रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको अवस्था छ भने संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको र सो क्रममा ३० जनाको हवाई उद्धार गरिएको छ ।

 

अब पुनर्निमार्णका लागि सरकारले भौतिक क्षतिको बिवरण संकलन गरे पछि सुरू हुने उनले जानकारी गराए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖