धनकुटामा शरीरमा मट्टितेल खन्याएर आगो लगाई एक पुरुषले गरे आत्मदाहको प्रयास
धनकुटा । धनकुटामा शरीरमा मट्टितेल खन्याएर आगो लगाई एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्लाको धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
अनुहार, छाती र ढाड जलेको उक्त पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


