धनकुटामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
धनकुटा, असार २५ गते । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्दारा सुशोभन गर्नुभएको छ ।
आज आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारी र उत्कृष्ट ढंगले कर्तब्य निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ ।
उक्त कार्यक्रममा सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


