कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा साँगुरीगढीको अवलोकन, ऐतिहासिक संरचना विस्तारका विषयमा छलफल

हिराराज राई,धनकुटा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले आज साँगुरीगढी गाउँपालिकास्थित ऐतिहासिक साँगुरीगढीको अवलोकन गर्नुभएको छ। उहाँसँगै गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायत सुरक्षा निकायका प्रमुखज्यूहरूको उपस्थिति रहेको थियो।

अवलोकनका क्रममा साँगुरीगढीको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका विषयमा छलफल भएको थियो। आगामी आर्थिक वर्षमा गढी क्षेत्रमा थप संरचना निर्माण गरिने तथा संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना अघि सारिने विषयमा समेत छलफल गरिएको गाउँपालिका स्रोतले जनाएको छ।

मुख्यमन्त्री कार्कीले गढीको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै यसको समुचित संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “साँगुरीगढी हाम्रो गौरवको प्रतीक हो, यसलाई अझ व्यवस्थित र आकर्षक बनाउनेतर्फ सरकार लागिपरेको छ,” उहाँले भन्नुभयो।

यसै अवसरमा गाउँपालिका अध्यक्ष जितेन्द्र राईले स्थानीय तहबाट गढी क्षेत्रको संरक्षण र विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै प्रदेश सरकारको सहकार्यबाट थप योजनाहरू कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।