ब्रेन ट्यूमरबाट पीडित भुजेलद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ४ का २४ बर्षिया लाल कुमार भुजेलले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

सानैमा आमा गुमाएका भुजेलको स्थायी घर धनकुटाको छथर जोरपाटी ३ भएपनि सानैदेखि पाख्रिबास नपा ४ स्थित मावला घरमै बस्दै आएका उनी पाख्रिबासमै फर्निचर पसलमा काम गर्दै आएका थिए ।

अचानक बिरामी भएपछि जचाउंदा ब्रेन ट्यूमर भएको र शल्यक्रिया गर्नु पर्ने डाक्टरको सुझाव अनुसार भुजेलको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा केही दिन अगाडि मात्र टाउकोको शल्यक्रिया पश्चात उपचाररत छन् ।

ब्रेन ट्यूमरबाट पीडित भुजेलले उपचारका लागि आफूले सकेको सहयोग गरिदिन भन्दै अपिल गरेका हुन् ।

उपचारमा धेरै खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने साथै थप उपचारका लागि आफूसँग खर्च नरहेको उनले बताए ।

घरमा बुबा मात्रै रहेको र आर्थिक अवस्था कमजोर रहेकोले आफुलाई बचाउनको लागि छर-छिमेकी ,साथीभाई,आफन्त,इष्टमित्र तथा देश बिदेशमा रहनु हुने मनकारी हातहरुलाई आफ्नो उपचारमा सहयोग गरिदिनु अनुरोध गरेका छन् ।

उनले दिदी सुसिला भुजेल(SUSHILA BHUJEL) को नेपाल बैंक लिमिटेड पाख्रीबास शाखामा रहेको खाता नं 01601107938541000001 मा सहयोग पठाउन आग्रह गरेका छन् । थप जानकारीका लागि बिरामीका मामा कमल भुजेलको सम्पर्क नम्बर 9817304209 मा सम्पर्क गर्न सकिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖