धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२८ असार । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि बेलहरा फिडर अन्तर्गत अँखिल्ला सिरुडाडा देखि बेल्हारा बेशि सम्म गएको लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) कार्य गरिने भएकोले सहिदभुमि गाउंपालिका ७ चाम्चा ,सप्तिङटार र धनकुटा न.पा. ९ बेल्हारा बेशि लगायतका स्थानहरुमा उल्लेखित समयमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहान बिहानको १० बजे देखि दिउसो २ बजेसम्म अवरुद्द रहनेछ ।


