सांगुरीगढीको ठलुङ्टार पर्यटकिय क्षेत्रमा सरसफाई

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ मा रहेको सृजनशील युवा क्लबले स्थानीय पूर्वाधार सुधार र सरसफाइलाई लक्षित गर्दै “श्रमदान अभियान २०८२” सञ्चालनमा ल्याएको छ। क्लबका अध्यक्ष तिकाराम राईको नेतृत्वमा हरेक शुक्रबार श्रमदान अभियान सुरु गरिएको हो।

असार २७ गते शुक्रबार ठलुङ्टार पर्यटकीय क्षेत्र र वरपरको बाटो सरसफाइ गरिएको क्लबले जनाएको छ। अभियान अन्तर्गत बिग्रिएको र भत्किएको बाटो सुधार गर्दै सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाइएको अध्यक्ष राईले जानकारी दिए।

“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसनी, नारी हिंसा छोड्” भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानलाई निरन्तरता दिइने क्लबले जनाएको छ।

आगामी शुक्रबार खुँडीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको कम्पाउन्ड सरसफाइदेखि मदनचोकसम्मको बाटो सरसफाइ गरिने कार्यक्रम रहेको अध्यक्ष राईले बताए।

उनका अनुसार अभियानले स्थानीय पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र समुदायमा सामाजिक चेतना फैलाउन सहयोग पुर्‍याउने विश्वास लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।