धनकुटामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
धनकुटा,२८ असार ।धनकुटामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका १ फेदापजुङ बस्ने जित बहादुर आले मगरका १७ बर्षिया छोरा अभिषेक आले मगर रहेका छन् ।
आज दिउंसो करिब ३:३० बजे चौबिसे गापा २ स्थित धपड तालमा पौडी खेल्ने क्रममा डुबेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
खबर प्राप्त हुनसाथ प्रहरी चौकी मुढेवास र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको उद्दार तथा खोजी टोलीले खोजतलासको क्रममा डुबेर बेपत्ता भएका आलेमगरको शव पोखरीमा फेला परेको डीएसपी खनालले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


