धनकुटामा गहिरो खोल्सीमा खसेकी महिलाको सकुशल उद्दार
धनकुटा,२८ असार । धनकुटामा गहिरो खोल्सीमा खसेकी एक महिलाको उद्दार गरिएको छ ।
धनकुटा नगरपालिका ६ परिचय मोड स्थित कोशी लोकमार्गको पेटीमा बसेकी अन्दाजी ३५ बर्षिया पुर्णिमा राई अचानक बाटोको छेउबाट अन्दाजी ७० मिटर गहिरो खोल्सी खसेपछि सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आज सांझ करिब ६:३० बजे निज महिला खसेको जानकारी पाउनसाथ जिप्रका धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा १० जनाको टोली खटी गई सकुशल उद्दार गरिएको डीएसपी खनालले बताए ।
उक्त महिलाको उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


