आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती : विराटनगर प्रज्ञा प्रतिष्ठानद्वारा कविता र चित्रकला प्रतियोगिता आयोजना

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् ।

शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर अरनिको स्कुलकी उजेली उप्रेती र ‘म छोरी हुँ’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृति माविकी सुलेखाकुमारी राय द्वितीय भएका छन् ।

अग्रज साहित्यकार गंगा सुवेदी र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले उप्रेती र रायको बराबरी नम्बर आएका कारण दुवैजनालाई द्वितीय घोषणा गरेको थियो । त्यस्तै ‘भानुलाई श्रद्धाञ्जली’ शीर्षकको कविता वाचन गरेर एजेलिया माविकी प्रज्ञा कट्टेल तृतीय हुँदा ‘हाम्रो विराटनगर’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृत माविका छात्र गौरव तिम्सिनाले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

त्यस्तै शनिबारै आयोजित चित्रकला प्रतियोगितामा डीपीएस स्कुलकी प्रेरणा पण्डित प्रथम हुँदा डीपीएसकै सभ्या अग्रवाल र सहाया यादव द्वितीय भए । सेन्ट मेरिज स्कुलकी सर्वाणी यादवले तृतीय पुरस्कार पाउँदा गायत्री संस्कृत माविका पियुष चौधरीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । चित्रकला प्रतियोगिताको निर्णायकमा कलाकार नरकुमार श्रेष्ठ र यशोदा सिंह लम्साल रहेका थिए ।

निर्णायकद्वयले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतहरुको नाम छनौट गरेको थियो । प्रतियोगिताका विजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कवि चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, प्रतिमा निरौला, मधु राई, नारायण तिम्सिनालगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरेका थिए ।

यसैबीच, प्रतिष्ठानकै आयोजनामा आदिकविको तस्बिरसहित प्रभातफेरीसमेत निकालिएको थियो । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले गोल्छाचोक, अतिथिसदन, जलजलाचोक, कालीमन्दिर, बुधहाटचोक, ट्राफिक चोक हुँदै पुनः महानगर परिसरमा आएर समापन भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको प्रभातफेरीमा कवि मञ्जु शर्मा र प्रतिमा निरौलाले रामायाणका श्लोकहरु वाचन गरेका थिए । समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नेपाली भाषा, साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए । पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एकीकरण गरेजस्तै भानुभक्तले विभिन्न भाषामा विभाजित नेपाललाई नेपाली भाषामार्फत एकीकरण गरेको उल्लेख गरे ।

प्रतिष्ठानको आयोजनामा असार २९ गते आइतबार बेलुका साढे ५ बजे कलाकार इन्द्र परियारद्वारा निर्देशित विभिन्न लघु चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।