धनकुटामा सार्वजनिक सवारी साधनका चालकह्ररूलाई निःशुल्क आँखा जाँच शिविर तथा लापसे जाँच
धनकुटा, २९ असार । धनकुटामा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीस आँखाको सेवामा साझेदारी” भन्ने मूल नारासहित सवारी चालकहरूका लागि निःशुल्क आँखा जाँच तथा लाइसेन्स परीक्षण शिविर आइतबार सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ र डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको संयुक्त पहलमा शिविरको आयोजना गरिएको थियो । धनकुटा नगरपालिका–७, जिरोपोइन्टमा आयोजित उक्त शिविरमा बस, माइक्रो तथा मोटरसाइकल चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागी चालकहरूले आँखा परीक्षण गराउनुका साथै आफ्नो सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को वैधता पनि जाँच गराएका थिए । शिविरमा सामान्य दृष्टि परीक्षण, आँखाका लक्षण पहिचान, सल्लाह तथा आवश्यक प्राथमिक उपचार सिफारिस, साथै सवारी अनुमतिपत्रको अवस्थाबारे जानकारी दिने सेवा प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सडक सुरक्षाका लागि सवारी चालकहरूको दृष्टि परीक्षण अनिवार्य हुनुपर्ने र उनीहरूको स्वास्थ्य नियमित अनुगमन गरिनु पर्ने आवश्यकता औंल्याउनु भयो ।





