सहकारी संस्थाबाट लिइएको ऋण असुली प्रक्रिया अगाडि बढाउन धनकुटा नगरपालिकाको सहकारीहरुलाई निर्देशन
धनकुटा,३० असार । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका भित्र संचालित सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्ने सदस्यहरू माथि कानुनी प्रक्रिया अघि बढाउन सहकारीहरुलाई अनुरोध गरेको छ ।
सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्दा संस्थाहरुमा तरतला भइ गम्भिर समस्या सिर्जना भएको र सहकारीले समेत बचत कर्ताको बचत फिर्ता गर्न समस्या भएकोले सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्ने सदस्यहरू माथि कानुनी प्रक्रिया अघि बढाउन सहकारी हरु लाई धनकुटा नगरपालिकाले एक सूचना प्रकाशित गर्दै निर्देशन गरेको हो ।
नगरपालिकाले ऋण नतिर्ने ऋणी लाई ३५ दिनको सुचना दिई सावाँ व्याज तिर्ने समय दिने, पत्राचार गर्ने, कानुन अनुसार धितो लिलाम प्रकृया अगाडी बढाउने, कालो सुची तयार गर्ने लगायतका कार्य अगाडी बढाउने गरि कार्य गर्न धनकुटा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दशरथ राईद्धरा हस्ताक्षरित सुचनामा जनाइएको छ ।
सुचना अनुसार प्रकृया अगाडी नबढाउने सहकारी लाई समेत कारबाही गरिने सुचनामा जनाइएको छ ।


