साँगुरीगढीमा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनिपुर्जा हस्तान्तरण
धनकुटा,३० असार । धनकुटा भूमी समस्या समाधान आयोग जिल्ला समिती धनकुटाले धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको धनिपुर्जा हस्तान्तरण गरेको छ ।
आयोगले आज साँगुरीगढीमा कार्यक्रम गर्दै गाउँपालिका ३ की कन्चन माझी, सुनेत्र माझी, आइतमाया माझी, वडा नम्बर ९ का दुर्गा बहादु राई र वडा नम्बर ७ का बिष्णुकुमार राइ लाई धनि पुर्जा हस्तान्तरण गरेका हो ।
धनीपुर्जा हस्तान्तरण कार्यक्रमा संघिय संसद राजेन्द्रकुमार राई, प्रदेशसभा संसद निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, साँगुरीगढी गाउँपालिका प्रमुख जितेन्द्र रूम्दाली र भुमि समस्य समाधान आयोग धनकुटाका प्रमुख देवमान राईले सदस्य विजयसन्तोषी राई, नविनकिशोर शाक्य लगायतको उपस्थिती रहेको थियो ।



