धनकुटामा क्षमता बिकासका लागि एक दिने उद्घोषण तालिम सम्पन्न

धनकुटा,३२ असार । धनकुटाको धनकुटा नगरपालिका १ हिलेमा एक दिने क्षमता बिकासका लागि उदघोषण तालिम सम्पन्न भएको छ ।

हिले सामुदायिक सिकाई केन्द्रको आयोजना तथा धनकुटा नपाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथिको आसनबाट धनपा वडा नम्बर १ का वडा अध्यक्ष ओङद तामाङले हिलेमा यस किसिमका कार्यक्रमहरि नियमित रुपमा संचालन हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमका प्रशिक्षकहरुमा सामुदायिक वन महासंघ धनकुटाका अध्यक्ष निल बहादुर थापा र कृषि पर्यटन अभियन्ता एवं लेखक जीवनप्रसाद राई रहनु भएको थियो । कार्यक्रममा वडा सदस्य फुलमाया बिक, पुर्व वडा सदस्य एवं संचारकर्मी कल्पना थापा, शिक्षिका आर्जु श्रेष्ठ, कल्पना राई लगायतले समेत आ–आफ्नो बिचार ब्यक्त गरेका थिए ।

साबित्रा थापामगरद्धारा संचालित उक्त कार्यक्रमको अध्यक्षता योगेन्द्र शाहीले गर्नुभएको थियो । रोजिना राईले स्वागत मन्तब्य गर्नुभएको यस कार्यक्रममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पार्कजोन हिलेको नवनिर्मित हलमा संचालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।