पाख्रीबासको उत्तरपानी धर्मशाला होमस्टे सञ्चालन समितिलाई होमस्टे प्रवर्द्धनका लागि विविध सामाग्री वितरण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा सञ्चालित उत्तरपानी धर्मशाला होमस्टे सञ्चालन समितिलाई हाेमस्टे प्रवर्द्धनका लागि विविध सामाग्री वितरण गरिएको छ ।

घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि पाख्रीबास वडा नं ९ ले प्रदेश सरकार संगकाे सहकार्यमा सास्कृतिक पार्क निर्माण , तामाङ मगर समुदायको संस्कार संस्कृति संग आधारित माैलिक बाजागाजा , भाडा कुडा , कुर्सी टेबल, साउण्ड सिस्टम , हाेडिङ बाेर्ड लगायतका सामाग्री खरिद गरि वितरण गरिएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनु भयो ।

घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो। साथै आदिवासीजनजाति समुदायको बसाे बास रहेकोले उक्त समुदायको भाषा संस्कार संस्कृतिलाई उत्पादन व्यवसाय संग जाेडेर आर्थिक रुपमा सबल बनाउन पनि हाेमस्टे कार्यक्रमले थप मद्दत पुर्याउने बताउनुभयो ।

मौलिक खाना, पाख्रीबास वडा नं ९ मा बसाेबास गर्ने मगर तामाङ समुदायको कला संस्कृति , सत्कार र घुम्नका लागि सदाबाहार चिसाे माैसम , रमणीय वातावरण वरिपरि गाउँघर खेतीपाती डाडा काडा यहाँको आकर्षण रहेको छ ।

अहिले पाख्रीबास नगरपालिका वडा नं ९ मा १७ घरमा हाेमस्टे घरवास सञ्चालन भइरहेको छ । उतरपानी धर्मशाल हाेमस्टे ( घरबास) सञ्चालन समितिकी अध्यक्ष रेविका तामाङले एउटा घरमा चार वटासम्म कोठा प्रयोग गर्न सकिने उनले बताइन्। ‘एक दिनमा उत्तरपानी धर्मशाला होमस्टेले करिब १५० जना पाहुनालाई व्यवस्थापन गर्नसक्ने क्षमता राख्छ,’ उनले भनिन्।

गत वर्ष देखि सुरु भएको यहाँको होम स्टे लाई थप व्यवस्थित रुपमा विकास एवम् प्रवद्वन गर्ने कार्य भइरहेको समितिले जानकारी दिएको छ । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी जय बहादुर माेक्तान , श्याम याेञ्जन , सुभचन्द्र माेक्तान , भाल बहादुर घिसिङ , वडा सचिव अनिल तिम्सिना ,पत्रकार कबिराज घिमिरे ,मानवी माेक्तान, हाेमस्टे सञ्चालन समितिका पदाधिकारी सदस्यहरुकाे उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।