धनकुटाबाट हातहतियार खरखजाना मुद्दामा फरार प्रतिवादी पक्राउ
धनकुटा,३ साउन । धनकुटाबाट हातहतियार खरखजाना मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका वडा नं.५ बोधे बस्ने ५० बर्षिया प्रेम बहादुर जोगी रहेका छन् ।
गत २०८१ कार्तिक २९ गतेको जिल्ला अदालत धनकुटाको फैसला अनुसार तिन महिना उन्तिस दिन कैद र सात हजार जरिवाना भई फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी चौकी मौनाबुधुकबाट खटिएको प्रहरी टोलीले साउन ३ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकालाई जिल्ला अदालत धनकुटामा पेश गरिने प्रहरीले जनाएको छ ।


