धनकुटामा पानीको मुहान संरक्षण र हरियाली प्रवर्दन गर्न सामुदायिक वनमा वृक्षारोपण
धनकुटा,३ साउन । सामुदायिक वनमा रहेका पानी मुहान संरक्षण र हरियाली प्रवद्धन गर्ने उदेश्यले धनकुटा नगरपालिका ६ मा रहेको कागियोघारी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
विभिन्न प्रजातीका बोट विरुवा रोपिएको र त्यसले वनमा रहको पानी मुहान संरक्षण गर्न तथा हरियाली प्रवद्र्धनमा सहयोग पुग्ने स्थानिय उपभोक्ताको भनाई छ ।
धनकुटाका सामुदायिक वनहरुले आय आर्जन पानी मुहान संरक्षण, हरियाली प्रवद्र्धन गर्नका लागि वृक्षारोपण लगायतका कार्य गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल बहादुर थापाले जानकारी दिनु भयो ।




