धनकुटामा अविरल बर्षाका कारण दुई स्थानमा सडक अवरुद्द

धनकुटा,४ साउन । धनकुटामा पहिरो र बाढीले दुई स्थानमा सडक अवरुद्द भएको छ ।

गएराति देखि परेको अबिरल बर्षाका कारण आज बिहान करिब ६:२० बजे जिल्लाको सांगुरीगढी गाउंपालिका ५ लुम्फाकुङ स्थित निर्माणधिन रवि राके भेडेटार सडक खण्डमा सडक माथिबाट पहिरो खस्दा सडक तत्काल दुबै तर्फ नै अबरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उक्त स्थानमा प्रहरी चौकी डाडाबजारबाट प्रहरी टोली खटिगई खुलाउने पहल भइरहेको छ ।

त्यस्तै चौबिसे गापा ४ मा निर्माणधिन तमोर करिडोर सडक खण्डमा पर्ने छरुवा खोलामा बाढी आई तत्काल दुबैतर्फ सवारी साधन आवतजावत अवरुद्द भएको छ ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली खटि सडक खुलाउने पहल भइरहेको डीएसपी खनालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।