धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ
धनकुटा,५ साउन । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ५ का २५ बर्षिया सौगत मगर रहेका छन् ।
आज बिहान करिब ६:३० बजे चौबिले गापा ५ मानेडांडामा लागुऔषध लुकाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले कोठाभित्र खोजतलास गर्दा निज मगर सुत्ने ओछ्यानको मुनिवाट Tramol 50 (९२ गोटी) र Dicyclomine Hcl Tablets IP 20 mg (१२ गोटी) लागुऔषध फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
लागुऔषध सहित नियन्त्रणमा लिइएकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


