बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

ढाका, ६ साउन । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
 
ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 
नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान ८ बजे आयोजित ब्रिफिङमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले अपडेट गरिएको मृतकको तथ्यांक पुष्टि गरेका हुन् । उनका अनुसार हालसम्म २० जनाको शव परिवारलाई बुझाइएको छ।
 
जलेका बालबालिकाका लागि प्रार्थना गर्दै डाक्टर सैयदुरले अस्पतालमा भीडभाड नगर्न आग्रह गरेका छन् । ‘हामीसँग पर्याप्त रक्तदाताहरू छन्, यद्यपि केही नकारात्मक रक्त समूहहरू आवश्यक हुन सक्छ,’ उनले भने ।

अन्तर सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) का अनुसार एफटी–७बीजीआई लडाकु विमान सोमबार दिउँसो १ः०६ बजे कुर्मिटोला एयरबेसबाट उडेको केही मिनेटपछि दिउँसो १ः१८ बजे मेकानिकल खराबीका कारण दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖