के बन्ला त अब राधाकृष्ण मन्दिर ?

धनकुटा,६ साउन । धनकुटाको पाख्रिबासमा राधाकृष्ण मन्दिर तथा सामुदायिक हल निर्माण हुने भएको छ ।

श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको पहलमा जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित पर्यटकीय सिमसार क्षेत्रमा रहेको भगवान गौतम बुद्दको मूर्ति नजिकै उक्त मन्दिर र हल निर्माण गरिने निर्माण समितिका अध्यक्ष बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

बिसं २०७६ सालदेखि उक्त मन्दिर बनाउन पहल गरिएपनि हालसम्म बन्न सकेको थिएन ।

शाखामा हाल ३ लाख ३७ हजार ७ सय १५ रुपैया नगद रहेको र जिन्सी तथा नगद गरेर उठ्न बांकी रकम ११ लाख रहेको निर्माण समितिका अध्यक्ष निरौलाले बताए ।

आज बसेको समितिको बैठकले उक्त मन्दिर तथा हलको शिलान्यास साउन २६ गते गरिने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।