दमकमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा, साउन ११ गते । झापाको दमक नगरपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ ।

साउन १० गते बिहान पौने ७ बजे उर्लाबारीबाट दमकतर्फ आउदै गरेको प्रदेश न.१-०१-००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका दमक नगरपालिका- ४ का ६० बर्षीय सोम बहादुर विश्वकर्माको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने बस र चालक मकवानपुर हेटौडाका ४७ बर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।