कोशी प्रदेश प्रहरी भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सक्रिय, आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन

विराटनगर, साउन ११ गते । कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ ।

विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ भने मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको छ ।

प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन तथा ओसार पसारमामा प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगर भन्सारछली तथा चोरी, तस्करी नियन्त्रण गर्न र चोरी तस्करीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन चेकजाँचमा कडाई, प्रविधिको प्रयोग र निग्रानी सहित सक्रियरुपमा काम गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।