मानव बेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

काठमाडौं, १२ साउन । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ ।

 

कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ। 

 

गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म कम्बोडियामा साइबर अपराध केन्द्रहरूमा छापा मारिएको थियो, जसमा ३ हजार ७५ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा १ सय ५ भारतीय र ८१ पाकिस्तानीसमेत रहेका छन् । उनीहरूको केन्द्रमा छापा मारेर ल्यापटप, मोबाइल, लागुऔषध र नक्कली प्रहरी पोशाक बरामद गरिएको कम्बोडियाको प्रहरीले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको आदेशमा यो अपरेशनमार्फत छापा मारिएको हो।

 

उनीहरुलाई केन्द्र वा कम्पनीमा जागिर दिने प्रलोभनमा पारेर कम्बोडिया, लाओस र म्यानमार जस्ता देशमा लगिन्छ । यी अफरहरू इन्स्टाग्राम, युट्युब, टेलिग्राम लगायतका सामाजिक सञ्जालहरूमा एजेन्टहरू मार्फत प्रसारित हुन्छन्। एजेन्टको जालमा फसेकाहरूलाई सिंगापुर, थाइल्याण्ड वा दुबई हुँदै कम्बोडियामा लगिन्छ। 

 

उनीहरुको राहदानी खोसेर साइबर अपराध केन्द्रमा थुनिन्छन र त्यसपछि पीडितहरू क्रेडिट कार्ड ठगी, क्रिप्टोकरेन्सी घोटाला, हनीट्र्याप र डिजिटल गिरफ्तारीजस्ता घोटाला गर्न बाध्य हुन्छन्। पीडितहरूले पालना नगरेमा सुरक्षा गार्डहरूले हिंसा वा यातना दिने गर्छन्।

 

यो कुरा सार्बजनिक भए पछि प्रहरीले ठुलो मात्रामा देशैभरी अप्रेसन चलाएको हो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।