हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध

पांचथर । आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात र ढुवानी प्रभावित भएको हो ।

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिए । उनका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् ।

मेची राजमार्गको हेंवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बग्यो भने तेस्रो पटक निर्माणाधिन मोडुलर ब्रिज गत जेठ ३१ गते भाँचिएपछि यो खोला डाइभर्सनका भरमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।