बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

 

चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।

सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार मध्यरातसम्मको भारी वर्षाको पछिल्लो चरणमा ३० जनाको मृत्यु भएको जनाएको हो।

 

बेइजिङले यसका उत्तरी जिल्लाहरूमा ५४३ एमएम (२१.३ इन्च) सम्मको वर्षा रेकर्ड गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ । साताको अन्त्यमा सुरु भएको मुसलधारे वर्षाले सोमबार चिनियाँ राजधानी र वरपरका प्रान्तहरूमा बढी प्रभावित भएको छ ।

 

बेइजिङका अधिकारीहरूले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट ८० हजार भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ भने जसले दर्जनौं सडकमा क्षति पुर्याएको छ र कम्तीमा १३६ गाउँहरूमा बिजुली काटिएको राष्ट्रिय प्रसारक सिसिटिभीले रिपोर्ट गरेको छ।

 

बेइजिङमा मंगलबार बिहान सबभन्दा भारी वर्षा हुने अनुमान गरिएको छ, केही क्षेत्रहरूमा ११.८ इन्चसम्मको वर्षाको पूर्वानुमान गरिएको छ। अधिकारीहरूले बेइजिङको ग्रामीण मियुन जिल्लामा रहेको जलाशयबाट पानी छोड्न आदेश दिएका छन्, जुन १९५९ मा निर्माण भए देखि यसको उच्चतम स्तरमा देखिएको हो । 

 

रिपोर्टहरूका अनुसार स्थानीयहरूलाई नदीको सतह बढ्दै गएपछि र थप भारी वर्षाको पूर्वानुमान गरिएकोले नदीहरूबाट सुरक्षित रूपमा टाढा रहन सुचना जारी गरेको छ ।
 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।