डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी

सञ्जय मिश्रा/रौतहट, १३ साउन। हालका दिनमा लागूऔषधको ‘ट्रान्जिट’ मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ।

 

डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ।

सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति
नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध मधेश प्रदेश हुँदै भित्रिनु तथा त्यहीँबाट वितरण हुनु प्रदेशलाई ‘ट्रान्जिट हब’ बनाएको छ।

 

एक वर्षमा २३ करोड बराबरको लागुऔषध बरामद
 

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, गएको एक वर्षको अवधिमा मात्रै करिब २३ करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरिएको छ।
गाँजाः १५हजार,४४२ किलोग्राम (मूल्य १८ करोड ६० लाख)
चरेसः ५ सय ०८ किलोग्राम (मूल्य १ करोड ११ लाख)
ब्राउन सुगरः ३.२ किलोग्राम (मूल्य १५ लाख)
अफिमः ४६ किलोग्राम (मूल्य २५ लाख)
ट्याब्लेट, इञ्जेक्सन, सिरपस् ३लाख, ७५हजार, ७सय ३६ थान (मूल्य १ करोड ६७ लाख)

 

५८४ मुद्दा दर्ता, ५२२ फछ्र्यौट

प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीका अनुसार, यो अवधिमा ५८४ लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये ५२२ मुद्दा फछ्र्यौट भइसकेका छन्। उनले  लागुऔषध नियन्त्रणसँगै आत्महत्या, आर्थिक अपराध, र सडक दुर्घटनामा पनि वृद्धि देखिएको जानकारी दिएका छन्।

 

आत्महत्याको चित्त दुखाउने तथ्य
 

एक वर्षको अवधिमा १हजार,२५३ जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरीले सार्वजनिक गरेको छ। पानीमा डुबेर २१५ जनाको मृत्यु भएको छ। त्यस्तै, करेन्ट लागेर १३८ जना, आगलागीमा परेर १९ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख गरिएको छ। यो तथ्यांकले मानसिक स्वास्थ्यको अवस्थाबारे गहिरो सोच आवश्यक रहेको संकेत गर्छ।

 

हतियार र तस्करी नियन्त्रण
एक वर्षमा १६ थान साना हतियार र १९ थान ठूला हतियार बरामद गरिनुका साथै राजस्व छली र तस्करी नियन्त्रणमा कडाइ गरिएको डीआईजी चुर्तुवेदीले बताएका छन्।मधेस प्रदेश प्रहरी कार्यालये गत आर्थीक बर्षमा १ अर्ब ३५ करोड ९७ लाख २७ हजार ९२३ रुपैयाँ बराबरको भन्साल छलीको सामान नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको तथ्यांकमा उल्लेख छ । यसैगरी, १८ करोड ३७ लाख ९१ हजार ३५८ रुपैयाँ ट्राफिक राजश्वबाट उठेको डिआईजी चतुर्वेदीले न्युज कारखानालाई बताए । 

 

सीमावर्ती चुनौती र बहु-स्तरीय समाधानको आवश्यकता
मधेश प्रदेशको भौगोलिक अवस्थाले गर्दा यहाँ लागूऔषध, हतियार, र अन्य गैरकानुनी कारोबार सहज भएको देखिन्छ। खुला सीमा, गरिबी, बेरोजगारी, र सीमित शिक्षा अवसरका कारण युवाहरू जोखिमयुक्त क्रियाकलापतर्फ आकर्षित छन्।
प्रहरीको सक्रियता सराहनीय भए पनि दीर्घकालीन समाधानका लागि समुदायस्तरीय जनचेतना, मानसिक स्वास्थ्य सेवा, पुनर्स्थापना केन्द्रको व्यवस्था, र अन्तरदेशीय सहकार्य अपरिहार्य देखिन्छ। यसका साथै, स्थानीय सरकार, विद्यालय, अभिभावक, र सामाजिक संघसंस्थाको भूमिकासमेत महत्वपूर्ण हुने उनले जनाए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।