धनकुटामा प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न
धनकुटा,१३ साउन ।धनकुटामा प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र श्री बाल संसार बोर्डिङ स्कुलको समन्वय र सहकार्यमा धनकुटा नगरपालिका ६ मा आज उक्त कार्यक्रम सम्पन्न भएको हे ।
जिप्रका धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा कार्यालयको भ्रमण गराई शाखाहरुबाट प्रदान गरिने सेवाहरुको जानकारी गराउनुका साथै प्रहरी सेवा लिने प्रक्रियाको बारेमा समेत विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीको इतिहास देखि हाल सम्मको विकासक्रम,नेपाल प्रहरीको काम कर्तव्यको बारेमा पनि जानकारी दिइएको थियो ।
कार्यक्रम जिप्रका धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




फोटो स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटा


