धनकुटाको हिले स्थित बक्रकुण्ड मन्दिरमा नाग पञ्चमीको अवसरमा भक्तजनको घुइँचो

धनकुटा,१३ साउन । नाग पञ्चमी पर्वको अवसरमा अवसरमा धनकुटाको हिले स्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिर भक्तजनको घुइँचो लागेको छ ।

धनकुटा सहित तेह्रथुम भोजपुर र तराइका जिल्ला बाट समेत विहानै देखि भतmजन आइ पुजाआजा गरेको मन्दिर व्यावस्थापन समितीले जनाएको छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरे सुखशान्ति प्राप्त हुने जनविश्वास रही आएको स्थानीय दामोदर घिमिरेले जानकारी दिए ।

मन्दिरमा नाग बाहेक एक सय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नाग सहित विभिन्न आकृति रहेका छन् । धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गएको यस स्थानमा नागपञ्चमी शिवरात्रीको अवसमा विशेष मेला लाग्ने गर्दछ भने अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक आउने र पुजा तथा अवलोकन गर्ने गरेको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले बताए ।

हिले आएका आन्तरिक तथा बाह्य पर्यटक लाई मन्दिर सम्म लैजाने र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि कामहरु भई रहेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताए । मन्दिरको १५ औ स्थापना दिवस तथा नाग पञ्चमीको अवसरमा विशेष पूजाआजा गरिएको हो ।

वि.सं २०६७ सालमा नाग पञ्चमीकै दिन सो स्थानका पत्थरमा नाग देवता देखिए पछि मन्दिर स्थापना गरिएको थियो । नाग पञ्चमी बाहेक शिवरात्रिमा यो मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दिप प्रज्जवलन गरि उद्घाटन कार्यक्रमको उद्घाटन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।