पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

काठमाडौ, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ।

यही मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।

हवाई इन्धनको मूल्य पनि परिवर्तन गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरी प्रति किलो लिटर १.०७७ डलर निर्धारण गरिएको छ।

निगमले नयाँ खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। अहिलेको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको निगमको भनाइ छ, भने डिजल र मट्टितेलमा केही नाफा देखिएको छ। मूल्य निर्धारणमा औसत खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई प्रमुख आधार बनाइएको हो।

एलपी ग्यासको मूल्य भने यसपटक परिवर्तन गरिएको छैन। एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८०० रुपैयाँमै स्थिर राखिएको छ।

पेट्रोल सस्तो हुँदा केही उपभोक्ता राहत महसुस गरिरहेका छन्। तर डिजल र मट्टितेल महँगिएपछि दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै चिन्ता पनि देखिएको छ। नयाँ मूल्य अनुसार देशभरका सबै डिपो र बिक्री केन्द्रबाट इन्धन वितरण गरिनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।