एक मुठी श्वास रहुन्जेलसम्म आमरण अनशन जारी रहन्छ : मेयर भट्टराई

काठमाडौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्नो आमरण अनसन जारी रहेको बताएका छन् ।

भट्टराईले बाँदर आतङ्क नियन्त्रण, जलवायु परिवर्तन र बाँसको सदुपयोगसम्बन्धी ७ बुँदे मागसहितको आमरण अनशन जारी राखेका हुन्।भट्टराईको तर्फबाट उपमेयर विसन राईले एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर भट्टराईले आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने जानकारी दिएका हुन्।

मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए। श्रावण १४ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना भएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराएको थियो।

यसैबिच, उप(प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा वन तथा वातावरण मन्त्रालयमा वार्ता भएको थियो। नगर उपप्रमुख विसन राईको नेतृत्वमा गएको टोली र मन्त्रालयबिच ५ घण्टा लामो छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्केको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।