धनकुटामा चियासँग कविताको २५ औं श्रृङ्खलामा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अधिकारी प्रथम

धनकुटा । धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको २५ औं श्रृङ्खला एवम् रजत श्रृङ्खलाको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ ।

शुक्रबार रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्जको संयोजनमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा धनकुटाकी जोत्सना अधिकारी प्रथम भएकी छन् । यस्तै दृष्टि श्रेष्ठ द्वितिय भएकी छन् भने समिक्षा अधिकारी तृतीय भएकी छन् । यसैगरी प्रतियोगितामा डि.आर फूयाँल सान्तवना भएका थिए ।

प्रतियोगिताका प्रथम, द्वितिय, तृतीय र सान्तवना हुनेहरुलाई क्रमश ः नगद २ हजार ५ सय, १ हजार ५ सय, १ हजार र ५०० रुपैयाँका साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

२५ औं श्रृङ्खलाको अवसरमा गरिएको खुल्ला कविता प्रतियोगितामा प्रतियोगितामा जम्मा २९ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा सहभागीहरुले धनकुटाको भुगोललाई आधार मानेर कविता बाचन गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई कार्यक्रमका पूर्व मन्त्री खानेपानी मन्त्री एवम् धनकुटाबा निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

चियासँग कविताको २५ औं श्रृङखला सम्पन्न

पछिल्लो समयमा प्रत्ये शुक्रबार हुँदै आएको चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ ।

रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा धनकुटाको मोरिङ्गा होटलमा भएको चियासँग कविताको २५ औं श्रृङ्खला तथा रजत श्रृङ्खलाको अवसरमा आयोजना गरिएको कार्यक्रममा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गर्नुभएको थियो ।

सो कार्यक्रममा साहित्यकार तथा कवि घनश्याम बराल औलाली, रोशन परियार, ध्रुव एलेक्स, राज माङ्लाक, भीम राई, गजलकार निर्मला कुँवरका साथै द्धारिका रिजाल, ललित विश्वकर्मा लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

सो कार्यक्रममा पूर्व खानेपानी मन्त्री एवम् धनकुटाबाट निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राईले साहित्यले मानिसलाई माथिल्लो स्थान सम्म पु¥याउने बताउनुभयो उहाँले पछिल्लो समय कला साहित्यप्रतिको समग्र सवैको रुचि बढ्दै गएको र आगामी दिनमा यस्तै कार्यक्रम गर्दै जानुपर्ने बताउदै शुभकामना तथा बधाई समेत दिनुभयो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. यज्ञप्रसाद गुरागाई, नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास, संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अर्जुन राई, जल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र, औद्योगिक ग्राम सञ्चालक समिति अध्यक्ष तिलक महत, राष्ट्रिय अभिभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, गैसस महासंघ धनकुटा अध्यक्ष मिन प्रसाद सुवेदी, पाख्रिवास नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सम्झना आले लगायतले शुभकामना दिनु भएको थियो ।

धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्य बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।