तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना,आठ जना घाइते
तेह्रथुम । तेह्रथुममा बस दुर्घटना हुंदा ८ जना घाइते भएका छन् ।
जिल्लाको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।


