बिदाको दिन हुदैन विश्राम, विश्वविद्यालय ‘क्लिनिङ’ र ‘ब्युटिफिकेसन’मा श्रमदान

विराटनगर, १७ साउन । कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । उनी भोलि शनिबार कहाँ र कसरी श्रमदान गरिन्छ , को–को सहभागी हुन्छन भन्ने विषयमा उपकुलपतिको स्वीकृति लिन्छिन ।

त्यसपछि सूचना ‘वाट्सएप’मार्फत सबै पदाधिकारी, विभागीय प्रमुख, कर्मचारी, होस्टल वार्डन तथा सुरक्षा इन्चार्जहरूलाई पठाउँछिन । सूचना अनुसार भोलिपल्ट शनिवार विहानै उपकुलपति, रजिष्टार , डिन , परिक्षा नियन्त्रक , विभागिय प्रमुखहरु ऋनि प्राध्यापक, शिक्षक , प्रशासन प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरू हातमा हँसिया, फरुवा, कुटो , खन्ती र दाँते बोकेर विश्वविद्यालयको तोकिएको स्थानमा आईपुग्छन । अनि सबै सामुहिक रुपमा सरसफाई र सौंदर्यीकरण गर्नमा जुटछन ।

मनमोहन प्राविधिक विश्वविद्यालयको बुढीगंगा ४ स्थित केन्द्रिय कार्यालयको प्रांगणमा आजकल प्रत्येक शनिबार विहान यस्तै अनौठो दृश्य देख्न सकिन्छ । शनिवार बिदाको दिन भएपनि यहाँका पदाधिकारी , कर्मचारी र विद्यार्थीहरू बिहानको समय ‘मर्निङ वाक’ हैन, ‘विश्वविद्यालय क्लिनिङ’ र ‘ब्युटिफिकेसन’मा खर्च गर्नथालेका छन । स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, ‘सामुहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफनो विश्वविद्यालय हो भन्ने माया पनि पालाउने रहेछ ।’

उनीहरु हरेक शनिवार समुहमा कहिले उपकुलपतिको कार्यालय, कहिले स्कुल अफ इन्जिनियरिङ, त कहिले स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको परिसर अनि कहिले कर्मचारीको निवास र विद्यार्थीको छात्राबास अगाडीपछाडी सरसफाई गर्छन र वृक्षारोपण र फूलबारीको गोडमेल गरेर सौंदर्यीकरण गर्छन । ‘आफ्नो कार्यस्थल र बसोबासको ठाउँ आफैँले सफा गर्दा माया र अपनत्व झनै बढ्ने रहेछ ’ उपकुलपति कार्यालयका वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल श्रमदानको अनुभव सुनाउँछन ।

प्रशासन प्रमुख सुवेदीका अनुसार प्रत्येक शनिबार श्रमदानका लागि फरक फरक प्लटको छनोट गरिन्छ । त्यहाँ विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रजिष्ट्रार, डिनदेखी कर्मचारीहरु परीक्षा नियन्त्रक, प्राध्यापक, शिक्षक, लेखापाल, चौथो तहका कर्मचारी, चालक, विद्यार्थी, र सुरक्षा टोली समेत सामूहिक रूपमा श्रमदानमा सहभागी हुन्छन ।

विश्वविद्यालयले श्रमदानका लागि आवश्यक उपकरण, फुल , फल र रुखका विरुवाहरु जुटाईदिन्छ र सहभागीहरूलाई चिया, बिस्कुट र पानी उपलब्ध गराउँछ ।

‘प्राविधिक विश्वविद्यालय भनेर हैन गरेर देखाउने संस्था हो । त्यसैले आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने सोचले हामीले यो अभ्यास सुरु गरेका हौं ’, उपकुलपति डा. सुवासश्री पोखरेलले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।