बहुविवाहलाई कानुनी मान्यता दिन नहुने धनकुटाका महिला अधिकारकर्मिको माग
धनकुटा, १८ साउन । सरकारद्धरा मुलुकी संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितीमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा प्रति महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आपत्ति जनाएको छ ।
महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज धनकुटामा पत्रकार संमेलनमा गर्दै प्रस्तावित मस्यौदा प्रति आपती जनाएको हो । बहुविवाहलाई वैधानिक मान्यता दिने प्रस्ताव संविधान, मानव अधिकार, महिला अधिकार, सामाजिक न्याय तथा लैंगिक समानताको विरुद्ध रहेकोले संजालले आपती जनाएको सञ्जालकी अध्यक्ष सुमना तिम्सिनाले बताउँनु भयो ।
बहुविवाहजस्तो लैंगिक हिंसालाई प्रोत्साहित गर्ने प्रस्ताव सामाजिक र कानुनी दृष्टिकोणबाट समेत अस्वीकार्य रहेको उहाँको भनाई थियो । यसले सामाजिक न्याय र लैंगिक समानताको सिद्धान्तहरुमा प्रत्यक्ष आधात पु¥याउने भएकोले प्रस्तावित मस्यौदा लाई तत्काल खारेज गर्नु पर्ने माग समेत संजालले राखेको छ ।



