बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाद्वारा विरोध,सरकारलाई पठायो ध्यानाकर्षण पत्र

धनकुटा,२० साउन । सरकारद्धरा मुलुकी संहिताको धारा १७५ संशोधन गरी विबाहित पुरुषलाई निश्चित परिस्थितीमा बहुविवाह गर्दा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाले विरोध गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

संजालले आज धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदी मार्फत सरकार लाई पत्र पठाएको हो । बहुविवाहलाई वैधानिक मान्यता दिने प्रस्ताव संविधान, मानव अधिकार, महिला अधिकार, सामाजिक न्याय तथा लैंगिक समानताको विरुद्ध रहेकोले विरोध गरिएको संजालले जनाएको छ ।

बहुविवाहजस्तो लैंगिक हिंसालाई प्रोत्साहित गर्ने प्रस्ताव सामाजिक र कानुनी दृष्टिकोणबाट समेत अस्वीकार्य रहेको संजालको भनाई छ । पत्र बुझाउन विभिन्न पाटीमा आवद्ध महिला नेतृहरु जिल्ला प्रशासन गएको थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।