प्रहरीको गोलीबाट लालु यादवको ज्यान गएपछि राजविराजमा उत्रियो आक्रोश

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए।

उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ। घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन्। हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।