पाख्रिबासका देब मगरको दुबै मृगौला फेल भएपछि उपचारका लागि गरे आर्थिक सहयोगको याचना(भिडियो सहित)
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३,ढुंगेधाराका ५७ बर्षिया देब बहादुर सिंजाली मगरले आफ्नो जिवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।
करिब ६ महिना अघि देखि बिरामी परेका मगरको दुईटै मृगौला फेल भएपछि हाल जिल्ला अस्पताल धनकुटामा डाइलोसिस् गरिरहेका छन् ।
यसअघि मगरले टिचिंग अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि उपचार गराइसकेका छन् । असपताल धाउंदा र उपचार गराउंदै गर्दा धेरै रकम खर्च भइसकेको बताउंछन् ।
आम्दानीको स्रोत केही नभएको र आर्थिक अवस्था कमजोर रहेकोले आफ्नो थप उपचारमा समस्या आएको मगर बताउंछन् ।
उनी भन्छन् मलाई बचाउनको लागि छर-छिमेकी ,साथीभाई,आफन्त,इष्टमित्र तथा देश बिदेशमा रहनु हुने मनकारी हातहरुलाई आफ्नो उपचारमा सहयोग गरिदिनु हुनेछ ।
बिरामीको बारेमा थप जानकारी लिन परे उहांको सम्पर्क नं 9823584258 मा सम्पर्क गरेर पनि बुझ्न सकिनेछ ।
साथै आर्थिक सहयोग गर्न चाहनु हुनेले बिरामीको श्रीमतिको नेपाल बैंक लिमिटेडमा रहेको निम्न खातामा गर्न सक्नु हुनेछ ।
खातावालाको नाम : SETI MAYA MAGAR
खाता नं – 25101107852072000001
बैंकको नाम -Nepal Bank Limited,Pakhribas Branch


