पाख्रिबासमा राधाकृष्ण मन्दिर बनाउने तयारी यसरी हुंदै,साउन २६ मा शिलान्यास हुने
धनकुटा । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।
जस अनुसार आजबाट मन्दिर स्थापनार्थ जग खन्ने कार्य सुरु गरिएको छ । मन्दिरको शिलान्यास यही साउन २६ गते हुने भएको छ ।
मन्दिर निर्माण समितिका अध्यक्ष बिष्णु बिक्रम निरौलाका अनुसार करिब डेढ रोपनी क्षेत्रफलमा मन्दिर निर्माण हुनेछ । मन्दिर परिसरमै सभाहल, शौचालय निर्माण हुनेछ ।



