भूपरिवेष्टित विकासशील मुलुकले सहज समुन्द्री पहुँच पाउनु पर्छः प्रधानमन्त्री

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरूको लागि पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहन प्रणाली कुनै विकल्प नभई जीवन रेखा भएको स्पष्ट पारेका छन ।

 

भूपरिवेष्टित मुलुकका लागि आयोजित ‘दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबल सत्रलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता मुलुकहरूका लागि दिगो पूर्वाधार, सहज सम्पर्क र विनाअवरोध पारवहन प्रणाली अत्यावश्यक रहेको बताए । 

 

उनले भने,  ‘भूपरिवेष्टित मुलुकका लागि दिगो पूर्वाधार, निर्बाध सम्पर्क र पारवहन विकल्प होइन, जीवन रेखा हो, यिनै आधारले हाम्रो आर्थिक रूपान्तरणको मेरुदण्ड बनाउँछ ।’

 

प्रधानमन्त्री ओलीले समुद्री पहुँच नहुनु, विश्व बजारबाट टाढिएको भौगोलिक अवस्थिति, उच्च व्यापार लागत, ढिलो पारवहन, सीमित सम्पर्क र कमजोर पूर्वाधारका कारण भूपरिवेष्टित मुलुकहरूको प्रगति रोकिएको उल्लेख गरे ।

 

उनले यस्ता संरचनागत चुनौती र कमजोरीहरू पार गर्नका लागि क्षेत्रीय रुपमा जोडिने, जलवायु प्रतिरोधी पूर्वाधारमा लगानी बढाउने र डिजिटल प्रविधिको अधिकतम उपयोग गर्ने समय आएको बताए ।

 

‘हामी भरपर्दो, प्रभावकारी र पूर्वानुमेय पारवहन प्रणाली बनाउनु पर्छ, साथै भन्सार प्रक्रिया सरल, समन्वित र आधुनिकीकरण गर्न जरुरी छ ’, उनले भने ।

 

उनले नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै सो सपना साकार पार्न नेपालले दिगो पूर्वाधार, सुधारिएको सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । ‘हामी सीमा पार पूर्वाधार र सम्पर्क सञ्जाललाई मजबुत पार्दैछौँ, ताकि पारवहन र व्यापार अबरोधविहीन होस्, नेपाल छिमेकी देशहरूसँग आर्थिक सहकार्य, क्षेत्रीय एकता र साझा प्रगतिका लागि साझेदारी गहिर्याउन प्रतिबद्ध छ’,  ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले सम्मेलनले अघि सारेको अवाजा कार्ययोजनाले भूपरिवेष्टित मुलुकहरूका लागि पूर्वाधार, सम्पर्क र पारवहन प्रणालीलाई विकास, सहनशीलता र आशाको आधारका रूपमा पहिचान गरेको उल्लेख गरेका छन ।  ‘हामीले यी मुलुकहरूलाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्व बजारसँग जोड्ने हाम्रो सामूहिक संकल्पलाई अझ बलियो बनाऔँ,’ उनले भने, ‘पूर्वाधार, सम्पर्क र पारवहनलाई समानता, समावेशिता र साझा प्रगतिका लागि आवश्यक प्राथमिकताको रूपमा लिऔँ।’

 

प्रधानमन्त्री ओलीले विश्वमा कुनै पनि राष्ट्र पछाडि नपरोस् भन्ने भावना अनुसार साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वानसमेत गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूको दिगो विकासका लागि विश्व समुदायले थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै पारवहन, पूर्वाधार र सम्पर्क सञ्जाल सुदृढीकरणमा अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको धारणा राखेका छन ।

 

उनले नेपालले पहाड, हिमाल र विकट भूगोलका कारण भोग्दै आएको पारवहन समस्या उल्लेख गर्दै ती समाधान गर्न क्षेत्रीय र बहुपक्षीय पहललाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।