धनकुटा नगरले दियो साउन २५ गते सार्बजनिक बिदा
धनकुटा,२२ साउन ।धनकुटाको धनकुटा नगरपालिकाले साउन २५ गते सार्बजनिक बिदा दिएको छ ।
नपाले उक्त दिन नेवार समुदायको महान चाड गाईजात्रा परेकोले सार्बजनिक बिदा दिइएको प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख छ ।
सुचनामा भनिएको छ – ने.सं.११४४ गुँलाथ्व त्रयोदशी बिहिबार धनकुटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायको महान चाड गाईजात्रा मिति २०८२ साल श्रावण २५ गते आइतबारका दिन पर्ने भएको हुनाले २०८२ साल श्रावण २५ गते आइतबारका दिन धनकुटा नगरपालिका क्षेत्र भित्र वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु तथा नगर स्तरिय कार्यालयहरुलाई सार्वजनिक बिदा दिइएको छ । उक्तदिन धनकुटा नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह नहुने जानकारी नगरबासी समक्ष यसै सूचनाद्वारा जानकारी गराइएको व्यहोरा अनुरोध छ ।



