धनकुटामा एक दिवसीय तनाव व्यवस्थापन अनुशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा,२३ साउन । धनकुटामा एक दिवसीय तनाव व्यवस्थापन अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको समन्वय तथा जिल्ला अस्पताल धनकुटाको सहकार्यमा एक दिवसीय तनाव व्यवस्थापन अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डा.आईस्का श्रेष्ठ र डा.सिमाङ्कन पोख्ररेलले तनाव भनेको हो ? कसरी व्यस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रही अभ्यास समेत गराउनु भएको थियो।
कार्यालय प्रमुख क्षेत्रीले चिकित्सक टोलीलाई धन्यवाद ज्ञापन गरी प्रहरी कर्मचारीहरुलाई तनाव रहित ढङ्गले कार्य सम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियो ।


