धनकुटाको चानुवामा पनि सडक सरसफाई अभियान सुरु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर तिनले आफ्नो सडक सरसफाई अभियान सुरु गरेको छ ।

वडा कार्यलयको अगुवाईमा हाट डाँडा जिमि गाँउ सडक सरसफाई गरीएको हो । बर्खामा माटो झरेर असहज भएको सडक सहजताको लागी सरसफाई अभियान चलाईएका वडाध्यक्ष सुक्रराज बुढाथोकीले जानकारी दिनुभयो ।
जनप्रतिनिधि सहित पचास भन्दा बढि स्थानिय भेला भएर सरसफाई गरीएको हो । बर्खामा हुने जोखिम कम गर्न यो अभियान सुरु गरीएको बडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
यो कार्यलाई निरन्तरता दिइरहने भनाई छ ।


