धनकुटामा पिकअप दुर्घटना अपडेट : २१ जना घाइते (नामावली सहित)
धनकुटा, २४ साउन । धनकुटामा पिकअप दुर्घटना हुदाँ २१ जना घाइते भएका छन् । धनकुटा नगरपालिका ८ टेकुनालामा बाट गाइजात्रा मनाउँन धनकुटा सदरमुकाम आउँदै गएका चडेको बा २ च २३०९ को पिकअप दुर्घटना १७ जना घाइते भएका हुन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ बर्षिय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षिय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षिय की रेनुका राई रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरुमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षिया सविना डंगोल, ६४ वर्षिय चन्द्रभक्त डंगोल, ३५ वर्षिय हरीकुमार डंगोल,७२ वर्षिय मोहन डंगोल, २७ वर्षिय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षिय रोजिन डंगोल, ५६ वर्षिय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षिय राजन राई, सहिदभूमी गाउँपालिका ४ का २४ आशिस राई, रहेका छन् त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षिय निशु लिम्बु, मुलघाट बस्ने १२ वर्षिय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षिय शिव श्रेष्ठ, २४ वर्षिय प्रकाश श्रेष्ठ रहेका छन् ।


