धनकुटामा राष्ट्रिय समावेशी आयोगद्वारा कार्यक्रम सम्पन्न

धनकुटा,२५ साउन । धनकुटामा राष्ट्रिय समावेशी आयोगले एक कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय समावेशी आयोग पुलचोकको आयोजनामा उक्त एकदिने कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटा नगरपालिकामा नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय हरिदत्त जोशीले वन्यजन्तुको समस्याको बारेमा आफ्न बिचार राख्नुभएको थियो । यसैगरी आयोगका माननीय तथा बिशिस्ट अतिथि पुष्पराज तिम्सिनाले वन्यजन्तुको समस्या हाम्रो आफ्नै कारणले समाधान गर्न नसकिएको बताउनु भयो ।

आयोगका कामहरु, जिम्मेवारीहरु बारे सचिव बलराम निराैलाले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख भिमा खनाल,प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल, धनपाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, कार्य पालिका सदस्य मनकला लिम्बू, महिला संजालका अध्यक्ष अम्बिका धमला, नुषराज श्रेष्ठ, बिमला भण्डारी, कृषि ज्ञान केन्द्र प्रमुख नगेन्द्र राना, कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राई लगायतले आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रमको संचालन नगरपालिकाका अधिकृत राजु गुरागाईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।