विराटनगरमा पिपलको रुख काटेपछि रुखमुनि बसेर विरोध

विराटनगर-  विराटनगरको मेनरोडस्थित अथिति सदन अगाडlको धेरै वर्ष पुरानो पिपलको रुख काटेको भन्दै विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री रुखमुनि बसेर विरोध जनाएका छन्।

नेपाल विद्युत प्राविधीकरणले अतिथि सदनअगाडि रहेको पिपलको रुख आइतबार काटेको थियो। विरुवा बचाउनु पर्ने समयमा रुख काटेर बदमासी गरेको भन्दै अभियन्ता क्षेत्रीले यो कार्य संलग्नहरू धर्मविरोधी समेत भएको बताए।

यस कार्यले पर्यावरणमा असर पुगेको क्षेत्री बताउँछन्। उनी विगत केही वर्षयता विराटनगरलाई हरित नगरी बनाउने अभियानमा जुटिरहेका छन्।
क्षेत्रीले विराटनगर महानगरपालिकाभित्र हजारौं रुख रोपिसकेका छन्। उनको यो अभियान उदाहरणीय रहेको भन्दै सामाजिक क्षेत्रबाट प्रशंसा भइरहेको छ। 

क्षेत्री नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेकोमा पछिल्लो समय राजनीतिक गतिविधिबाट टाढिएर सामाजिक अभियानमा जुटेका छन्। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।