सुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते

सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रो ठोक्किदा ४ जनाको मृत्यु भएको छ बहने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादव र अन्य एक अन्दाजी ४५–५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते ४ जनाको अवस्था गम्भीर रहेको छ ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ भने घाइते रहेका विङ्गरका चालकको उपचार जारी रहेको बताएको छ ।

हाल घाइतेको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल ईनरुवासहितका अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।