कैलाली कारागारमा भएको हिंसात्मक झडप प्रति राष्ट्रिय मुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

 
काठमाडौं, २६ साउन । गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको असामयिक निधन भएको छ भने ४८ जना घाइते भएको घटनाप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले गहिरो शोक, आक्रोश र न्यायको माग गर्दै कडा प्रतिक्रिया जनाएको छ।

पार्टीका अनुसार कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताका कारण यो दुःखद घटना भएको हो। पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ कि ५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित कारागारभित्रको सुरक्षा अभाव र तनावबारे राज्यलाई अग्रिम जानकारी दिइए पनि आवश्यक सतर्कता र सुरक्षाको कदम चालिएको थिएन।

राष्ट्रिय मुक्ति पार्टीले यो घटनालाई ूअचानक भएको झडपू भन्दै लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्दै गृह प्रशासनलाई सम्पूर्ण जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ। पार्टीले स्वतन्त्र तथा निष्पक्ष छानबिन आयोग गठन गरी घटनाका सम्पूर्ण कारण र दोषीहरूको पहिचान गर्न, दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण बिना कानूनी कारबाहीको दायरामा ल्याउन, घाइते कैदीबन्दीहरूको तत्काल उपचार र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, देशभरका कारागारमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसार सुधार सुरु गर्न, मृतक भरत चौधरीका परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको सुनिश्चितता गर्न, गृह प्रशासन गम्भीररूपले असफल भएकाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।

साथै पार्टीले कारागारलाई प्रतिशोध र यातनाको थलो होइन, सुधार र पुनर्जागरणको स्थल बनाउन राज्यलाई आग्रह गरेको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।